काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २ अर्ब २१ करोड १० लाख रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। (साथै वासलात मितिमा कायम रहेको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँका आधारमा प्रस्तावित कुल लाभांश २३.१५७८ हुने र सोमध्ये २२ प्रतिशत बोनस सेयर र १.१५७८ प्रतिशत नगद लाभांश हुनेछ)
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी १९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago