काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तावित कुल १०.५२३३ लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५२३३ नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेका छन्।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमा यो कम्पनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19