 
                     
                                
                             
                                    काठमाण्डौ । टेस्लाको भारत प्रवेशको योजनालाई धक्का लागेको छ। भारत सरकारले टेस्लाको आयात कर छुटको मागलाई अस्वीकार गरेको हो।
यसअघि टेस्ला कम्पनीका मालिक एलन मस्कलाई ट्विटरमा एक प्रयोगकर्तालाई टेस्ला भारतमा कहिले लन्च हुने भनेर सोधेका थिए। जसको जबाफमा एलन मस्कले आयात करको निर्णय गरेपछि मात्र टेस्ला भारत प्रवेश गर्ने बताएका थिए।
अर्कोतर्फ भारतको केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले पहिले नै स्पष्ट गरिसकेका छन् कि यदि टेस्लाले कर छुट चाहन्छ भने उसले पहिले भारतमा टेस्लाको उत्पादन कारखानाहरु स्थापना गर्नुपर्नेछ।
भारत सरकारले इलेक्ट्रिक कार उत्पादनका लागि पहिलेदेखि नै नीतिगत व्यवस्था रहेको भन्दै टेस्लाको माग अस्वीकार गरेको होे। यस नीतिअन्तर्गत अटो कम्पनीहरुले आंशिक रूपमा निर्मित सवारीसाधन भारतमा आयात गर्न र कम आयात शुल्कमा यहाँ एसेम्बल गर्न पाउनेछन्।
सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्सेज एन्ड कस्टम्सका अध्यक्ष विवेक जोहरीले भने, ‘कर नीतिमा कुनै परिवर्तन आवश्यक छ कि छैन भनेर हामीले विचार गरेका थियौँ। विद्यमान महसुल संरचनामा केही स्वदेशी उत्पादन भइरहेको र केही लगानी आएको हामीले पाएका छौँ। त्यसैले कर नीतिमा कुनै समस्या नभएको प्रस्ट हुन्छ।’
टेस्लाको मोडल ३ को मूल्य अमेरिकामा ३९ हजार ९९० डलर छ। तर, भारतमा भने आयात शुल्कसहित ६० लाख रुपैयाँसम्म लाग्नेछ। जुन अति धेरै हो।
हाल भारतमा ३० लाखभन्दा बढी मूल्यको कार आयात गर्दा बीमा, ढुवानी लागतलगायत सतप्रतिशत कर लाग्ने गरेको छ। त्यस्तै ३० लाखभन्दा कम मूल्यका गाडी आयात गर्दा ६० प्रतिशतसम्म आयात महसुल तिर्नुपर्नेछ।
टेस्लाले आफ्नो कार्यालय पनवेल मुम्बईमा दर्ता गरेको छ। कम्पनीले आफ्नो मोडल ३ इलेक्ट्रिक कार भारतमा लन्च गर्ने योजना बनाएको थियो। योसँगै कम्पनीले यो इलेक्ट्रिक कारपछि अर्को इलेक्ट्रिक कार भारतमा लन्च गर्ने योजना बनाएको थियो। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19