काठमाण्डौ । टेस्ला र स्पेसएक्सका सीईओ तथा ट्विटरका मालिका एलन मस्कले बुधबार ‘ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने’ लक्ष्यका साथ एउटा नयाँ एआई कमपनीको सुरुआत गरेका छन्। 

यो कम्पनीको नाम एक्सएआई राखिएको छ। कम्पनीको वेबसाइटका अनुसार मस्क र उनको टिमले शुक्रबार लाइभ ट्विटर स्पेस च्याटमा यससँग जोडिएका जानकारीहरु दिनेछन्। 

एक्सएआईको टिममा डिपमाइन्ड, ओपनएआई, गुगल रिसर्च, माइक्रोसफ्ट रिसर्च र टेस्लामा काम गरिसकेका व्यक्तिहरु छन्। यो टिम सदस्यहरुले डिपमाइन्डको अल्फाकोड र ओपनएआईको जीपीटी–३.५ र जीपीटी–४ च्याटबोटजस्ता प्रोजेक्टमा काम गरेका छन्। 

मस्क यो टिमलाई लिड गर्नेछन्। नयाँ कम्पनी मस्कको एक्सकर्पभन्दा फरक रहेको छ। तर, एक्स (ट्विटर), टेस्ला र अन्य कम्पनीका साथ मिलेर काम गर्नेछ। 

पहिलोपटक एक्सएआईका बारेमा गत अप्रिलमा जानकारी गराइएको थियो। मस्कले गत मार्च ९ मा एक्सएनआई नामक नयाँ कम्पनी खोलेका थिए। 
यो कम्पनीले च्याटजीपीटीजस्ता एआई कम्पनीलाई टक्कर दिने बताइएको छ। –एजेन्सी