काठमाण्डौ । एलन मस्क र बिल गेट्स विश्वका धनीव्यक्तिहरुमा पर्छन्। टेस्ला, ट्विटर र स्पेसएक्सका मालिक मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्ति हुन् भने माइक्रोसफ्टका संस्थापक गेट्स सूचीमा पाँचौँ स्थानमा छन्। 

गेट्स कुनै समय विश्वको सबैभन्दा धनीव्यक्ति थिए। तर, उनले आफ्नो अधिकांश सम्पत्ति दान गरेका छन्। मस्क र गेट्सबीच सोच फरक छ। धेरै मामिलामा दुवै एक–अर्काको विचारमा सहमत छैनन्। 

उदाहरणका लागि गेट्स परोपकारमा विश्वास गर्छन्। मस्कको सोच फरक छ। आखिर कहाँबाट सुरु भयो यी दुईबीचको तिक्तता ? 

हालै सार्वजनिक एउटा नयाँ पुस्तकमा यो खुलासा भएको छ।

वाल्टर इसाक्सनको नयाँ जीवनी एलोन मस्कका अनुसार २०२२ मा बिल गेट्स एलन मस्कलाई भेट्न गएका थिए। उनले मस्कलाई परोपकारमा थप पैसा दान गर्न मनाउने आशा राखेका थिए। त्यसबेला मस्कले ५.७ अर्ब डलरको परोपकारी कोष बनाएका थिए। तर, यसको पछाडि उनको उद्देश्य कर बचाउनु थियो। 

मस्क र गेट्सको भेट अस्टिनको टेस्लाको गिगाफ्याक्ट्रीमा गत वर्ष मार्च ९ मा भएको थियो। गिगाफ्याक्ट्री घुम्ने क्रममा दुवैबीच कुराकानी भएको थियो। यस क्रममा गेट्सले ब्याट्रीले ठूला ट्रक चलाउन सक्ने आशंका व्यक्त गरेका थिए। सौर्य ऊर्जाले जलवायु परिवर्तनको समस्या समाधान गर्न सक्छ भन्ने प्रश्न पनि उठाएका थिए। 

मस्कले मंगल ग्रहमा मानिस बसाउने लक्ष्य राखेका छन्। तर, गेट्सलाई उनको यो विचार बेतुक लाग्यो। जब कारखाना भ्रमण पूरा हुन लागेको थिया तब गेट्सले परोपकारको कुरा गर्न थाले। यसबारे मस्कले गेट्सलाई भने कि यदि उनले टेस्लामा लगानी गरे भने जलवायु परिवर्तन बढी फाइदाजनक हुन सक्छ। त्यसपछि मस्कले गेट्सलाई सोधे कि उनले टेस्लाको सेयरविरुद्ध किन बाजी लगाए ? मस्कले आफ्नो कम्पनीविरुद्ध बाजी लगाउने मानिसलाई आफ्नो शत्रु ठान्छन्। त्यसबेला गेट्सलाई १.५ अर्ब डलरको नोक्सान भएको थियो। गेट्सले यसका लागि माफी मागेका थिए र भने कि उनले सोचेका थिए कि यसले केही पैसा कमाउनेछ।

त्यसपछि गेट्सले मस्कलाई परोपकारको बारेमा कागजात पठाए। तब मस्कले गेट्सलाई सोधे, ‘तपाइँले अझै टेस्लाविरुद्ध सट्टेबाजी गरिरहनु भएको छ ?’ 

गेट्सले हो भन्ने जबाफ दिए। त्यसपछि मस्कले गेट्सलाई टेक्स्ट म्यासेज पठाए, ‘माफ गर्नुहोस्... म तपाइँको परोपकारलाई गम्भीर रुपमा लिदिनँ।’
त्यसपछि मस्कले गेट्सको तस्बिर ट्विट गरे। यसमा उनको पेट ठूलो भएको थियो र उनी गर्भवती महिलाजस्तै देखिन्थे। 

वासिङ्टनमा एक रात्रिभोजका क्रममा गेट्सलाई यसबारे सोध्दा उनले भने, ‘यस युगमा विज्ञान र आविष्कारमा उनीभन्दा बढी काम गर्ने कोही छैन।’

गेट्स र उनकी पूव पत्नी मेलिन्डाले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन स्थापना गरेका छन्। उनले वारेन स्नो र मार्क जुकरबर्गजस्ता अर्बपतिलाई पनि परोपकार गर्न प्रोत्साहित गरेका छन्। धेरै दान नगरेकोमा मस्कको आलोचना भइरहेको छ। –एजेन्सी