काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले हुन आउने नगद लाभांश छन्।
सभाले बोनस सेयरपश्चातको हकसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृतिपश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६(२) संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २ गते (असोज ३ गते संविधान दिवस)सम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19