काठमाण्डौ । आज बजार बिहान खुलेदेखि नै बढेको थियो। अन्तिममा बजार करिब १५ अंकले बढेर बन्द भएको छ। 

प्राविधिक रुपमा आज नेप्सेको चार्टमा बोलिंगर ब्यान्डको तल्लो विन्दुमा इन्भर्टेड ह्याम्मर बनेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा २६ जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। 

हिस्टोग्राम नेगेटिभ रहेका छन् भने आज केही फिक्का बनेको छ। आरएसआईमार्फत हेर्दा बजार आज ओभर सोल्ड जोन ३० को तहबाट फर्केर हुक बनाएको छ। पिभटमार्फत हेर्दा आज बजारले पहिलो सपोर्टको इक्ज्याक्ट विन्दु १९३८ बाट फर्केको देखिन्छ। 

यस हिसाबले बजारलाई प्राविधिक रुपमा हेर्दा आगामी कारोबारमा यदि बजार १९७५ भान्दा माथि कारोबार भएमा माथिको यात्रा तय गर्न सक्ने बुझिन्छ।

आज बजार बढे पनि भोलुमको हिसाबले भने सामान्य देखिन्छ। भोलुममा कुनै सुधार भने देखिँदैन। बजारलाई आवरली बेसमा हेर्दा कारोबारको पहिलो घन्टामा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ भने कारोबारको अन्तिम समयमा ह्याम्मर आकृति बनेको छ। यसले घट्दो बजारलाई ह्याम्मरले हान्दै गरेको र बजारले माथिको यात्रा तय गर्न सक्ने बुझिन्छ।   

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।