काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर बन्द भएको छ। आज नेप्सेमा करिब २० अंकको गिरावट आएको भने कारोबार पनि करिब ६० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। 

बजारलाई प्राविधिक रुपमा हेर्दा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ। 

डेली बेसमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरु अघिल्लो साता नै मध्य ब्यान्डबाट तल झरेका छन्।  यसले बजारमा बिक्री दबाब पर्दै गरेको र मूल्यरेखले तल्लो ब्यान्डतर्फ आकर्षित भएको  देखिन्छ। 

म्याक्डीमार्फत बजारलाई हेर्दा पनि अघिल्लो साता बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। 

आरएसआई हाल ३८ को ओभर सोल्ड जोन नजिक रहेको छ। 

यी तीनवटै इन्डिकेटरका आधारमा बजारमा बिक्री दबाब रहेको देखिन्छ। सम्रगमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारले एकपटक आरएसआईको ओभर सोल्ड जोन तथा बोलिंगरको तल्लो ब्यान्डसम्म आउन सक्छ। 

पिभट प्वइन्टमार्फत हेर्दा बजारले अबको बलियो सपोर्ट क्रमशः १८४८, १८२५ र १८०३ मा लिन सक्छ। 

त्यसैगरी बढेमा भने बजारले १८९१, १९१२ र १९३४ मा प्रतिरोध सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका सिफारिस भने होइन।