काठमाण्डौ । पछिल्लोपटक गत साउन ७ गते २२०० माथि पुगेको बजार आज १८६४ मा बन्द भएको छ। यस हिसाबले ३ महिनामा बजार ३५० भन्दा बढी अंकले घटेको छ। 

यसअघि एकपटक ओभर सोल्ड जोननजिक आएको थियो भने यो साता सोमबार पनि ओभर सोल्ड जोन २८ मा आएर बजार पुनः सम्हालिएको छ।

बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजार ब्यान्डको तल्लो विन्दुमा इन्भर्टेड ह्याम्मर बनेको छ। यसले बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ। तर, यसको कन्फर्मेसनका लागि भने बजार आगामी दिनमा १९०० भन्दा मािथ बन्द हुनुपर्नेछ। 

म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। तर, आज हिस्टोग्राम केही फिक्का भएको छ। 

आज बजार बलियो डिमान्ड जोन १८५० बाट फर्केको छ। यसअघि पनि बजार एकपटक जेठ १८ गते यही विन्दुबाट फर्केको थियो। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।