काठमाण्डौ । ओमी माइक्रो फाइनान्सले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

असोज १४ गते बसेको माइक्रोफाइनान्सको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्र घोषित लाभांश लगानीकर्ताले पाउनेछन् । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्ममा १ करोड ७७ लाख खूद नाफा आर्जन गरेको थियो । सो अवधिमा यो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ४९.३३, मूल्य आम्दानी अनुपात ६८.७२ गुणा, प्रतिशेयर नेटवर्थ १७०.१८ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १२६२.८१ रुपैयाँ र तरलता अनुपात ३८.३६  प्रतिशत रहेको थियो । 

चुक्तापूँजी ३ करोड ६० लाख रुपैयाँ छ । २० प्रतिशत बोनस वितरणपछि ओमीको चुक्तापूँजी ४ करोड ३२ लाख पुग्नेछ ।