काठमाण्डौ । ओमी माइक्रो फाइनान्सले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यो कम्पनीको भदौ २५ गते बसेको ९४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस तथा नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।