काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १७.६९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

पुस १६ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष ०७३ ७४ को मुनाफाबाट सेयरधनलाई १७.६९ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक रकम चाहि सेयरधनीले आफैंले व्यहोर्नुपर्नेछ । 

संचालक समितिको यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब १३ करोड रुपैयाँ रहेको छ । घोषित बोनस सेयरको  पूँजीकरणपछि चुक्तापूँजी सहजै २ अर्ब ५० करोड माथि पुुग्नेछ ।