काठमाण्डौ । सुनको भाउमा आइरहेको गिरावट यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लगातार तेस्रो दिन सुनको भाउमा गिरावट आएको हो। आज सुनको भाउ तोलामै ८०० रुपैयाँ घटेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार तोलामै ९०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको थियो।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो। यो दिन सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउमा भने बढेको छ। तोलामै ४० बढ्दै चाँदीको भाउ १ हजार ४३५ रुपैयाँ पुगेको छ। चाँदीको यो भाउ हालसम्मकै उच्च पनि हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19