काठमाण्डौ । लगातार ओरालो लागिरहेको सुनको भाउ आज बुधबार उकालो लागेको छ।
गत भदौ १७ गतेदेखि लगातार ओरालो लागिरहेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँमा झरेको थियो।
गत सोमबार स्थिर रहेको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार पनि तोलामा ३०० रुपैयाँले घटेको थियो। आइतबार प्रतितोला फाइन गोल्ड ९६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ६०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार ३१५ रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19