काठमाण्डौ । नेपालमा जि.डब्लु.एम. सवारी साधनको आधिकारिक बितरक भि.जी. इम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर 'ओरा-०३' को डेलिभरी सुरु गरेको छ। 

जि.डब्लु.एमले ओ'रा-०३' का लागि जेठ ३, २०८० मा बुकिङ खुला गरिएको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरका लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया आइरहेको कम्पनीले जनाएको छ । 

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईञ्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरूसहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् । 

ओरा-०३ मा ४८ किलोवाटको ब्याट्रीको साथ ४०० केएमएसको प्रभावशाली  ड्राइभिङ्ग रेञ्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरूमध्ये एक हो जसले एनसीएपी र यूरो एनसीएपी दुवैमा फाइभ स्टारको रेटिङ पाएको छ । 

ओरा ०३ मा सीक्स ओमनि डायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकलहोल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।