काठमाण्डौ । लगातार बढी रहेको सुनको भाउ ओरोला लाग्न थालेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको अन्तिम शुक्रबार सुनको पुनः तोलामा ५०० रुपैयाँ घटेको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६५ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार रुपैयाँ र तेजाबी सुन ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।
गत बुधबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९१ हजार २६५ रुपैयाँ कायम भएको थियो। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च पनि हो।
अघिल्लो दिन मंगलबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। उक्त दिन प्रतितोला छापावल सुन ९१ हजार २०० रुपैयाँ र तेजाबी सुन ९० हजार ७६५ रुपैयाँ कायम भएको थियो।
गत सोमबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ तोलामै ७०० रुपैयाँको बढोत्तरी भएको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ शुक्रबार १० रुपैयाँले घट्दै प्रतितोला ९४० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि तोलामा १० रुपैयाँ घट्दै चाँदीको भाउ ९५० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19