काठमाण्डौ । बजारमा एक लिटर मिनरल वाटर (पानी) को दाम २० रुपैयाँसम्म पर्छ। कच्चा तेल (क्रुड आयल) को १३–१४ रुपैयाँमै पाइन्छ भन्दा अचम्म लाग्न सक्ला। अहिले अन्तर्राष्ट्रिय बजारमा यस्तै भइरहेको छ। अहिले कच्चा तेलको भाउ पानीभन्दा पनि सस्तो भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा अचानक कच्चा तेलको दाममा ३० प्रतिशतले गिरावट आएको छ। जसका कारण कच्चा तेलको भाउ प्रतिब्यारल २२ सय डलरभन्दा तल पुगेको छ। 

कच्चा तेलको दाममा आएको गिरावट सन् १९९१ मा  खाडी युद्धका क्रममा देखिएको गिरावटपछि सबैभन्दा ठूलो हो। यो स्थिति साउद अरबले तेलको भाउ घटाउने निर्णयले गर्दा आएको हो। 

कच्चा तेलका विषयमा सुरु भएको ‘प्राइस वार’ र विश्वव्यापी रुपमा देखिएको कोरोनाभाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दाम ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ। 

एक ब्यारेलमा १५९ लिटर कच्चा तेल हुन्छ। यस प्रकार एक लिटर कच्चा तेलको दाम भारु करिब १३–१४ पर्न आउँछ। जब कि बजारमा एक लिटर मिनिरल वाटरको दाम २० रुपैयाँसम्म पर्छ। 

मल्टी कमोडिटी एक्सचेन्ज अर्थात एमसीएक्समा कच्चा तेल मार्चमा ९९७ रुपैयाँ अर्थात ३१.५६ प्रतिशतले गिरावट आउँदा प्रतिब्यारल २१६२ डलरमा कारोबार भइरहेको थियो। त्यहीँ अन्तर्राष्ट्रिय बजारमा इन्टरकन्टिनेन्टल एक्सचेन्ज अर्थात आईसीईमा मे महिनामा २६.५१ प्रतिशतले घट्दै ३३.२७ डलरमा कारोबार भइरहेको थियो। जब कि योभन्दा पहिलाको दाम ३१.२७ डलर प्रतिब्यारलसम्म झरेको थियो। 

न्युयोर्क मर्के टाइल एक्सचेन्ज अर्थात नायम्याक्समा अप्रिलमा २८.४४ प्रतिशतले गिरावट आउँदा २९.५४ डलर प्रतिब्यारलमा कारोबार भइरहेको थियो। जब कि यसभन्दा अगाडि यसको दाममा प्रतिब्यारल २७.३४ डलर प्रतिब्यारलसम्म गिरावट आएको थियो। 

एन्जेल ब्रोकिङकी नायब सहअध्यक्ष अनुज गुप्ताले तेलको उत्पादनमा कटौतीका कारण ओपेक र रुसबीच सहमति नहुँदा साउदीले ‘प्राइस वार’ सुरु गरेको हो। यदि यसमा ओपेकका अन्य कुनै सदस्य राष्ट्र सामेल भएमा कच्चा तेलको दाममा झनै गिरावट आउने गुप्ता बताउँछन्। उनका अनुसार सन् २०१५ मा यस्तै प्राइस वारको परिदृश्य देखिएको थियो। त्यतिखेर साउदले यदि कच्चा तेलको भाउ २० डलर प्रतिब्यारलसम्म आए पनि कुनै चिन्ता नहुने घोषणा गरेको थियो। – एजेन्सी