काठमाण्डौ । विश्वभर तीव्रताका साथ बढिरहेको कोरोनाभाइरसको संक्रमणको सीधा असर कच्चा तेलको मूल्यमा परिरहेको छ।

महामारीबीच तेलको मूल्यमा सुधार देखिन थालिसकेको अवस्थामा फेरि खस्किन थालेको छ। सोमबार ब्रेन्ट क्रुडमा ०.२ प्रतिशतको गिरावट आएको छ र मूल्य ४३.०४ डलर प्रतिब्यारलमा झरेको छ। 

गत साता अमेरिकाको तेलमा ४ सेन्टको उछाल आएको थियो तर सोमबार त्यहाँ पनि ०.२ प्रतिशतले गिरावट आएको छ। 

एक्सिकोरमा चिफ ग्लोबल मार्केट स्ट्र्याटिजिस्ट स्टिफन इन्सका अनुसार विश्वभर कोरोनाको संक्रमण एकपटक फेरि तीव्रगतिमा बढिरहेको छ। ‘जुन देशमा ठूलो आवादी छ, त्यहीँ कोरोना झनै फैलिएको छ’, उनले भने, ‘यस्तोमा तेलको मूल्य बढ्ला भन्न सकिने अवस्था छैन।’

अहिलेसम्म विश्वभर १.४ कारोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। जसमा ६ लाख बढीको ज्यान गइसकेको छ। 

गत अप्रिल महिनामा तेलको माग ३० प्रतिशतको गिरावट आएको थियो। त्यतिबेला विश्वभरका देशमा कोरोना रोकथामका लागि लकडाउन जारी गरिएको थियो। 

त्यसपछि तेलको मागमा बढोत्तरी भए पनि महामारीअघि जति माग थियो अहिले पनि त्यति छैन। जुनमा जापानमा तेल आयात १४.७ प्रतिशत कम भयो। जापानको पछिल्लो चार महिनादेखि तेल आयातमा गिरावट आइरहेको छ। जापान विश्वको तेस्रो ठूलो अर्थव्यवस्था भएको देश हो। – एजन्सी