काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।
डब्ल्यूटीआई क्रुड आयलको मूल्यमा ४.४ प्रतिशत गिरावट आएको छ। योसँगै क्रुड आयल प्रतिब्यारल ६९.४६ डलरमा झरेको छ।
यसैगरी ब्रेन्ट क्रुड आयलको मूल्यमा पनि ४.५८ प्रतिशतको गिरावट आएको छ। योसँगै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारल ७३.५४ डलरमा झरेको छ।
उता भारतीय बजारमा विगत १ वर्षभन्दा बढी समयदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार उतारचढाव भइरहे पनि भारतीय बजारमा विगत ३७५ दिनदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको हो। आज बुधबार भारतको राजधानी दिल्लीमा प्रलिलिटर पेट्रोलको मूल्य भारु ९६.७२ र डिजेलको मूल्य भारु ८९.९२ रहेको छ। मुम्बईमा प्रतिलिटर पेट्रोल भारु १०६.३१ र डिजेल भारु ९४.२७ रहेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19