काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै ठूलो गिरावट आएको छ ।
ओपेक देशपछि रुसदारा आगामी दिनमा प्रोडक्सन बढाउने संकेतका कारण कच्चा तेलको शुक्रबार २.३६ प्रतिशत घटेर ७७ डलर प्रति ब्यारेलमा सीमित बन्न पुगेको छ।
कच्चा तेलको मूल्य बिहीबार ७८.७९ डलर प्रतिब्यारेलको उचाईमा बन्द भएको थियो । कच्चा तेलको मूल्यमा गिरावट आएसँगै भारुमा समेत ६१ पैसाको मजबुती देखिएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ ।
पछिल्लो एकवर्षमा कच्चा तेलको मूल्यमा लगातार तीव्रता देखिइरहेको छ । यो अवधिमा कच्चा तेलको मूल्य करिब ४५ प्रतिशतले बढिसकेको छ । यस्तै, यो वर्ष बिहीबारसम्म २० प्रतिशतसम्म मूल्य बढेको थियो ।
यस्तै, सन् २०१७ जुन महिनापछिको कुरा गर्ने हो भने कच्चा तेलको मूल्य अबसम्म ७८ प्रतिशतसम्म महङ्गो भइसकेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19