काठमाण्डौ । एनआइसी एशियाले कञ्चनपुरको पुनर्बासमा असार २७ गते शाखा कार्यालय उद्घाटन गरेको छ ।
पुनर्बास नगरपालिकाका मेयर जीवनराज थापाले एक समारोहका बीच शाखाको उद्घाटन गरेका हुन् ।
बैंकको मुलुकभर २२६ शाखा कार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल एनआइसीको वासलातको आकार रू.१७८ अर्ब भन्दा बढी छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजीक्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19