काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग एक्वीजिसनको प्रक्रियामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ लोभलाग्दो प्रगति हासिल गरेको छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफा १५३.५० प्रतिशतले वृद्धि गरी २ करोड ३७ लाख पुर्याएको हो । अघिल्लो वर्ष खूद नाफा ९३ करोड ७७ लाख मात्र रहेको थियो । 

यो अवधिमा बैंकले १ अर्ब ३९ करोड निक्षेप संकलन गरी १ अर्ब ३९ करोड नै कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ६७ करोड निक्षेप संकलन गरेको थियो । निक्षेपतर्फ भने बैंक केही खुम्चिएको देखिएको छ । 

यो बैंकको निस्क्रिय कर्जा पनि बढेको छ । अघिल्लो वर्ष १.५७ प्रतिशत रहेको यस्तो कर्जा बढेर २.६९ प्रतिशत पुुगेको हो । यो अवधिमा बैंकको प्रति सेयर आम्दानी वार्षिकीकृत १३ रुपैयाँ ३२ पैसा र प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ५७ पैसा रहेको छ । 

दोश्रो त्रैमाससम्म बैंकको चुक्तापूँजी ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ५४ लाख रुपैयाँ छ ।