काठमाण्डौ । पठाओका राइडरहरु कम्पनीले लिने कमिसन घटाउन र बीमाको माग गर्दै आन्दोलनको तयारी जुटेका छन्।
काठमाण्डौको यूएनपार्कमा सोमबार भेला भएका पठाओ राइडरहरुले कमिसन नघटाए र बीमा नगरिदिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन्। पठाओले यात्रुले तिर्ने भाडाको २० प्रतिशत रकम कमिसनका रुपमा लिने गरेको राइडरहरुले गुनासो गरेका छन्। कम्पनीले धेरै कमिसन लिँदा मारमा परेको भन्दै उनीहरुले कमिसन ८ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन्।
यसैगरी राइडहरुले बाइकको बीमा कम्पनीले गरिदिनुपर्ने माग पनि अघि सारेका छन्। दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बीमा गर्नुपर्ने उनीहरुको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19