काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।
योसँगै ६.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत अगाडि सारिएको छ ।
बैंकको असोज ८ गते बसेको संचालक समितिको १६५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बोनस सेयर र नगद गरी कुल ७.४२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
बैंकले ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड ३७ लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago