काठमाण्डौ ।साताको तेस्रोे कारोबार दिन बुधबार सेयरबजार २७.९० अंकले बढेर २ हजार ५८ को विन्दुमा बन्द भएको छ ।
 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ३८४.२९ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये ३०६ वटा कम्पनीका १ करोड ५ लाख ४५८ कित्ता सेयर ४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयसम्भु) भन्छन्, ‘आजको बजार बढाई सकारात्मक नै छ,यसको अर्थ अबदेखि बजार १ हजार ८०७ विन्दुदेखि तल जाँदैन भन्ने हो, किनकि बजारमा तरलता बढेको छ।कर पनि राम्रै उठिरहेको छ र बजारमा वियरिस सेन्टिमेन्ट सकिएको संकेत गर्दछ । प्राविधिक रुपमा  इलेट वेभको वेभ ५ हो अथवा वेभ बी हो भन्ने कुरा अझै निरक्योल भएको छैन ।किन कि बजार बोलिंगरको मध्यब्यान्ड नआई फर्किएको छ । त्यसकारण एक दुई दिनको बजारको अवस्था पछि मात्रै निरक्योल गर्न सकिने अवस्था छ ।’

 

अर्का बजार जानकार विरेन्द्र विष्टले हालको लागि बजारमा करेक्सन सकिएको र पुस मसान्तको प्रभाव अन्त्य भएको बताए ।

उनी भन्छन्, ‘ब्याजदर घट्दै जाँदा बजार विस्तारै सम्हालिंदै अगाडि बढ्छ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमै हरियाली छाएको छ । 
यो दिन सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ । यो समूह ३.०८ प्रतिशतले बढेको छ ।

यसैगरी, दोस्रोमा होटल्स एण्ड टुरिजम २.७० प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह २.१४ प्रतिशतले बढेको छ ।यस्तै उत्पादन तथा प्रोसेसिङ समूह २.०८ प्रतिशतले बढेको छ ।

यसैगरी,निर्जीवन बीमा समूह २.०१ प्रतिशतले बढेको छ । 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ ।

कम्पनीको २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । यसैगरी दोस्रोमा शिवम् सिमेन्टको २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको  छ।

त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्सको  १५ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट फन्डको १५ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै हाथवे इन्भेष्टमेन्ट नेपालको १४ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन नौ ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ ।

यो दिन दिब्यश्वरी हाइड्रोपालर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट फन्ड,पिपुल्स हाइडेपावर कम्पनी, भगवती हाइडेपावर कम्पनी, सोनापुर आयल एन्ड मिनरल्स, नेपाल वेयरहाउजिङ कम्पनी र पञ्चकन्या हाइड्रोपावर कम्पनी र सनराइज्ड फोकस्ड फन्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
 

यसैगरी, यो दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.१० प्रतिशतले घटेको छ ।

त्यस्तै, प्रभु स्मार्ट फन्डको इकाई मूल्य ४.८१ प्रतिशतले घटेको छ ।यसैगरी, मनकामना लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.८७ प्रतिशतले घटेको छ ।