काठमाण्डौ । नुवाकोटमा मुख्य कार्यालय रहेको मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा सामान्य प्रगति गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा फराकिलो अन्तरले प्रगति गर्दा पनि यो कम्पनीले खूद नाफा भने बढाउन सकेन । 

यो माइक्रो फाइनान्स कम्पनीले अअघिल्लो वर्ष ७ करोड ५६ लाख रहेको खूद नाफालाई वृद्धि गरी ९ करोड २८ लाखको उचाईमा पुर्याएको छ । 

खूद ब्याज आम्दानी १७ करोड १४ लाखमा वृद्धि गरी २० करोड ८३ लाखको उचाईमा पुर्याएको छ । संचालन मुनाफा १४ करोड २२ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष संचालन मुनाफा ११ करोड ८८ लाख भएको थियो । 

यो वर्ष मेरो माइक्रोफाइनान्सले १ अर्ब ७३ करोड ऋण सापटी लिएको छ भने ४९ करोड ९५ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले १ अर्ब ४८ करोड ऋण सापटी लिई २४ करोड ७८ लाख मात्र निक्षेप संकलन गरेको थियो । 

मेरो माइक्रो फाइनान्सले २ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यसले १ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष १.८२ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर यो माइक्रो फाइनान्सले ०.९८ प्रतिशतमा झारेको छ ।

आर्थिक वर्ष ०७३/७४ मा यो कम्पनीको प्रति सेयर आम्दानी ४२.१९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १७७.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२६७.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.२४ गुणा कायम भएको छ ।