काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जा प्रवाह गर्दा युनिक डकुमेन्ट आइडेन्टिफिकेसन नम्बर (यूडीआईएन) उल्लेख भएको लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था थिएन। 

अब निफ्राले पूर्वाधार विकास बैंकले युनिक डकुमेन्ट आइडेन्टिफिकेसन नम्बर (यूडीआईएन) उल्लेख भएको लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्नेछ। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वेबसाइटमा रहेको यूडीआईएन पोर्टलबाट पेस गरिएको विवरण यथार्थ रहेको यकिन गरेको व्यहोरा कर्जा फाइलमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ।