काठमाण्डौ । निक्षेप संकलन र कर्जा प्रवाहमा असन्तुलित देखिएका बैंकहरु दशैं विदापछि भने केही सम्हालिएका छन् ।
उनीहरुले क्रेडिट क्रञ्चका कारण संयमता अपनाउँदा दशैं विदापछि कर्जा प्रवाह दशैंअघिजस्तो निक्षेपको तुलनामा असन्तुलित अवस्था देखिएको छैन ।
नेपाल राष्ट्रबैंकको पछिल्लो तथ्यांका अनुसार असोज मसान्तपछि कात्तिक ९ गतेसम्म बैंकहरुको निक्षेपमा २२ अर्बले सुधार आएको छ भने यो अवधिमा कर्जा प्रवाहतर्फ भने १४ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । कात्तिक ९ गतेसम्म बैंकहरुको कुल निक्षेप २५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। ऋण बिस्तार २२ खर्ब ५९ अर्ब रुपैयाँ छ।
साउन १ गते बैंकहरुसँग २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थियो। कात्तिक ९ सम्म निक्षेप ७५ अर्बले मात्र बढेको छ । यस्तै, ऋण बिस्तार १ खर्ब ४९ अर्बले बढेको छ।
यसरी कात्तिक लागेपछि निक्षेप भन्दा कर्जा प्रवाहतर्फ बैंकहरु संयमित देखिएका केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् ।
दशैंअघि कतिपय बैंकहरुले जथाभावी कर्जा बिस्तार गर्दा त्यसले क्रेडिट क्रञ्चको अवस्था सिर्जना गरिदिएको छ । सीसीडी रेसियो ८० प्रतिशत पुगेपछि कतिपय बैंकहरु थप कर्जा बिस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् । यो समस्याले बैंकको व्यवसायमा संकुचन हुने देखिएपछि चालु आर्थिक वर्षको दोश्रो त्रैमासको सुरुवातसँगै उनीहरु संयमित देखिएका हुन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago