काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडबाट बैंकका केही कर्मचारी र सुन ऋणिको मिलेमतोमा २ करोड बढी रकम ठगी गरेको रहस्य खुलेको छ ।
बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ हानी पुर्याइएको रहस्य खुलेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यो प्रकरणमा संलगन बैंक कर्मचारीसहित ६ जनालाई पक्राउ गरेपछि यस्तो रहसय बाहिर आएको हो ।
बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानी पुर्याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोलाई उद्धृत गर्दै राससले जनाएको छ ।
पक्राउ पर्नेमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभागका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् ।
पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बुधबार सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago