काठमाण्डौ । क्रिप्टोकरेन्सी विज्ञहरुले युक्रेनले युद्ध सहायताका रुपमा अहिलेसम्म कम्तीमा १३.७ मिलियन डलरबराबर बिटक्वाइन दान प्राप्त गरेको बताएका छन्।
ब्लकचेन विश्लेषण कम्पनी इलिप्टिकका शोधकर्ताहरुका अनुसार युक्रेनको सरकार, त्यहाँ रहेका गैरसरकारी संस्था र स्वयंसेवी समूहहरुले आफ्नो बिटक्वाइन वालेटहरुको अनलाइन प्रवर्द्धनमार्फत पैसा उठाएका हुन्। युक्रेन युद्धमा अहिलेसम्म ४ हजारभन्दा बढी दाताहरुले बिटक्वाइन दान गरेका छन्। एउटै दाताले एनजीओलाई ३० लाख डलरबराबरको बिटक्वाइन दिएका छन्।
दाताहरुले औसत ९५ डलर दान गरेका छन्।
युक्रेन सरकारको आधिकारिक अकाउन्टबाट शनिबार एउटा सन्देश ट्विट गर्दै लेखिएको थियो, ‘युक्रेनका जनतालाई समर्थन गर्नुहोस्, हामी अब क्रिप्टोकरन्सीहरुमा पनि चन्दा स्वीकार गर्दैछौँ। बिटक्वाइन, इथरियम र अमेरिकी डलरमा दान गर्नुहोस्।’
सरकारले दुई क्रिप्टो वालेटहरुको ठेगानाहरु पोस्ट गरेको थियो। जहाँ ५४ लाख मिलियन चन्दा पठाइएको छ। यो चन्दा ८ घन्टाभित्र युक्रेनले बिटक्वाइन, इथरियम र अन्य क्रिप्टोकरन्सीमा प्राप्त गरेको हो।
युक्रेनको डिजिटल मन्त्रालयले यी चन्दा युक्रेनको युद्ध प्रयासलाई सहयोग गर्नका लागि लिइएको जनाएको छ। तर, यो रकम कसरी खर्च हुन्छ भन्ने मन्त्रालयले स्पष्ट पारेको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago