काठमाण्डौ । क्यानडाको हालिफ्याक्समा बसोबास गर्ने विक्की मिसेलले रु. २११ (१.५ पाउन्ड) को चिठ्ठाले रु. ५०.६४ करोड (३६ लाख पाउन्ड) जितेकी छन् । यो रकम उनलाई ३० वर्षसम्म मासिक रु. १४.०६ लाख (८.८० हजार पाउन्ड) को दरले उपलब्ध हुनेछ ।
मिसेलले यो चिठ्ठा किन्दा उनको बैंक अकाउन्ट १.५ पाउन्डमात्र थियो। ‘मेरो अकाउन्ट खालि भयो तर अब त्यही १.५ पाउन्डले मलाई मासिक ८.८० हजार पाउन्ड प्राप्त हुने भएको छ’, उनले खुसी साटिन्।
मिसेल अब छिटै राम्रो घरमा सिफ्ट हुने सोचमा छिन् । ‘अहिलेसम्म हामी एउटा साधारण घरमा बसेका छौँ’, दुई बच्चाकी आमा ४२ वर्षीया मिसेल भन्छिन्, ‘अब बाँकी जीवन आरामदायी हुने भएको छ।’
मिसेल एउटा अकाउन्टेन्सी फर्ममा प्रशासनिक सहायकका रुपमा काम गर्छिन् । ‘सायद कसैले पनि जीवनमा यति ठूलो धनराशि चिठ्ठामा जित्ला भनेर कल्पना गरेका होलान् ? तर वास्तवमा त्यो पूरा भयो, यसले मेरो पूरै जिन्दगी बदल्नेवाला छ’, उनी भन्छिन् ।
त्यसो त मिसलले यो चिठ्ठाको टिकट किनिरहन्थिन् । उनले अहिलेसम्म सबैभन्दा धेरै भनेको १० पाउन्डसम्म जितेकी थिइन् । भाग्य नै भन्नुपर्छ जब उनको बैंक अकाउन्टमा जम्मा १.५ पाउन्ड थियो, त्यही रकमले उनलाई करोडौँको मालिक बनाइदियो । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19