काठमाण्डौ । बैंक अफ काठमाण्डु लिमीटेडले काठमाडौं क्यापिटल मार्केटको दुई तिहाई प्रमोटर शेयर खरिद गरेको छ । 

काठमाडौं क्यापिटल मार्केट धितोपत्र बोर्डद्वारा लाइसेन्सप्राप्त मर्चेन्ट बैकिङ्ग कम्पनी हो । 

सेयर खरीदसँगै बैंकको तर्फबाट काठमाडौं क्यापिटल मार्केट्सको संचालक समितिको अध्यक्षमा चेतन सिंह थापा तथा सदस्यहरुमा महेश मिश्र र दीपक गौतम मनोनित भएका छन् । यस शेयर खरिद पश्चात बैंकले उक्त कम्पनी मार्फत मर्चेन्ट बैकिंङ्ग सम्बन्धी सुविधाहरु प्रदान गर्ने सक्नेछ । 

बैंकले आर्थिक वर्षको २०७४/७५ को प्रथम त्रैमासको अन्त्यसम्म कुल निक्षेप रु.६९.१५ अर्ब तथा कुल कर्जा रु.६२.३३ अर्ब परिचालन गरेको छ । बैंक अफ काठमाण्डुले हाल ७५ शाखा, ६७ एटीम, ८ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बिन्दुहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।