काठमाण्डौ । टाटा मोटर्सले कारको दाम बढाउने भएको छ। 

कम्पनीले यही जुलाई १७ बाट कारको दाम बढाउने जनाएको हो। सबै मोडल र भेरिएन्टका कारको मूल्य औसतमा ०.६ प्रतिशतले बढ्ने कम्पनीले जनाएको छ। 

कम्पनीले जुलाई १६ सम्म बुकिङ गरिएका र ३१ जुलाईसम्मको डेलिभरीमा प्राइस प्रोटेक्सन प्रदान गरिने पनि जनाएको छ। 

पछिल्लो समय लागत बढ्दै गएकोले भर्पाइका लागि कारको मूल्य बढाउने निर्णय गरिएको कम्पनीले जनाएको छ। 

त्यसो त टाटा मोटर्सका कारहरुको बिक्री बढ्दै गएको छ।  –एजेन्सी