काठमाण्डौ । तपाइँ परिवारका साथ आफ्नो कारमा लामो यात्रामा निस्किँदै हुनुहुन्छ । साथमा साना केटाकेटी छन् । तपाइँलाई अवश्यक पनि यात्राका क्रममा भइपरी आउने घटनाबाट साना केटाकेटीलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले अवश्यक पनि सताउँछ ।

अभिभावकलाई बच्चासँग गाडीमा यात्रा गर्दा मुुख्यतः उनीहरुको सुुरक्षाले पिरोल्ने गर्दछ । तर अब अभिभावकले त्यस्तो चिन्ता लिनुुपर्दैन । किनभने चीनको टेक्नोलोजी कम्पनी स्याओमीले कारमा यात्रारत ससाना बालबालिकालाई भइपरी आउने दुुर्घटनाबाट बचाउन र उनीहरुको सुुरक्षाका लागि एउटा प्रभावकारी सिट उत्पादन गरेको छ ।

यात्राको समयमा बच्चालाई आरामदायी र सुुरक्षित गरी बसाउनलाई टेक्नोलोजी कम्पनी स्याओमीले ३६० डिग्रीमा घुुम्ने क्युुबर्न ३६० डिग्री रोटेटिङ ‘बेबी सिट’ लन्च गरेको छ । यो सिट स्याओमीको क्राउडफन्डिङ प्लेटफर्ममा उपलब्ध रहेको छ ।

विशेषता रुपमा यो विश्व स्वास्थ्य संगठनको मापदण्डअनुुरुप तयार पारिएको छ । यसलाई चीन र युुरोपेली युुनियनबाट समेत सेफ्टी सर्टिफिकेट प्रदान गरिएको छ । यसलाई १२ वर्षसम्मका बालबालिकाले प्रयोग गर्न सक्छन् । 

कम्पनीले यो सिटलाई चिल्लो र सानो आकारको डिजाइन दिएको छ । यो ३६० डिग्रीसम्म घुुम्न सक्छ र यसलाई घुुमाउन अगाडितर्फको बटन थिच्नुुपर्छ। यसमा मोल्डेड प्लास्टिकको डबल लेयर प्रयोग गरिएको छ । यसको भित्री भागमा उच्च घनत्व भएको स्पोन्ज राखिएको छ, जसले तीव्रगतिको झट्कालाई झेल्न सक्छ ।

तत्कालका लागि यस किसिमको सिट चिनियाँ बजारमा मात्र बिक्रीका लागि राखिनेछ । यसको बिक्री सन् २०२० को जनवरी ९ तारिखबाट मात्रै सुरु गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले यो बेबी सिट विस्तारै अन्य देशहरुमा पनि बिक्रीवितरण सुरु गरिने जनाएको छ । – एजेन्सी