Symbolic Photo
काठमाण्डौ । काठमाण्डौमा अटोमोबाइल्सको कुम्भ मेला नाडा अटो शो चलिरहेको छ । मेलामा विभिन्न ब्रान्डका दर्जनौँ इलेक्ट्रिकसँगै पेट्रोल र डिजेल तथा पेट्रोल–डिजेल दुवैबाट चल्ने टु ह्विलर र फोर ह्विलर गाडीहरु प्रदर्शनका लागि राखिएको छ ।
मेलामा खरिदकर्ताको चाप बढ्दै गइरहेको छ । कतिपयले आफूलाई मनपरेको गाडी बुकिङ गरिरहेका छन् । प्रायः ग्राहकले गाडीमा रहेका फिचर्सहरुलाई बढी ध्यान दिइरहेको पाइन्छ । तर डिजेल वा पेट्रोल गाडी कुन चाहिँ फाइदाजनक होला भन्ने विषयमा ग्राहकको खासै ध्यान गएको देखिँदैन ।
विशेषगरी हामी गाडी किन्न जाँदा हाम्रो मनमा अनेकन प्रश्नहरु उब्जिरहेका हुन्छन् । कुन कम्पनी गाडी लिने, कति माइलेज होला तर डिजेल गाडी लिने कि पेट्रोल गाडी भन्नेमा हामी खासै ध्यान दिँदैनौँ । यिनै प्रश्नमध्ये केही जिज्ञासा यहाँ मेट्ने कोसिस गरिरहेका छौँ । यसले गर्दा ग्राहकलाई पेट्राल वा डिजेल कुन गाडी किन्न भन्ने विषयमा निक्र्यौल गर्न केही सहज हुनेछ ।
पेट्रोल कार पावरफुल, व्यावसायिक हिसाबले डिजेल कार फाइदाजनक
कारको पेट्रोल भर्जन डिजेलको तुलनामा निकै पावरफुल हुन्छ । पेट्रोल कारको माइलेज भने कम हुन्छ । यदि तपाइँले व्यावसायिक हिसाबले प्रयोग गर्ने हो डिजेल कार नै तपाइँलाई फाइदाजनक हुन्छ । दैनिक ५० किलोमिटर वा मासिक १५ सय किलोमिटरभन्दा बढी यात्रा तय गर्नुपर्छ भने तपाइँलाई डिजेल कार नै फाइदाजनक हुन्छ ।
सस्तो हुन्छ पेट्रोल कार
आमहिसाबले पेट्रोल कार डिजेल कारको तुलनामा सस्तो हुन्छ ।
पेट्रोल कारको रिसेल भ्यालु राम्रो हुन्छ
पेट्रोल कारको रिसेल भ्यालु लामो समयसम्म राम्रै रहन्छ । यसको तुलनामा डिजेल कारको रिसेल भ्यालु छिटै कम हुँदै जान्छ । तर व्यावसायिक क्षेत्रमा सेकेन्ड ह्यान्ड डिजेल कार बढी माग रहेको हुन्छ ।
पेट्रोल कारको मेन्टेनेन्समा कम खर्च
डिजेल कारको तुलनामा पेट्रोल कारको मेन्टेनेन्समा थोरै खर्च लाग्छ । डिजेल कारमा धेरै स्पेयर पार्ट्स लागेको हुन्छ । जसका कारण डिजेल कारको मेन्टेनेन्समा धेरै खर्च हुन्छ । पेट्रोल कारको तुलनामा डिजेल कार सर्भिसिङ पनि छिटै गर्नुपर्ने हुन्छ ।
एक्सपर्ट्सको नजरमा डिजेल इन्जिन राम्रो
अटोमोबाइल एक्सपर्ट्सका अनुसार पेट्रोल इन्जिनको तुलनामा डिजेल इन्जिनिको लाइफ कम हुन्छ । तर अटोमोबाइल इन्जिनियरका अनुसार एक आम वेलमेन्टेन्ड डिजेल इन्जिन ३ लाख किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अलावा ट्रक, मिनि भ्यान र बस डिजेल इन्जिनको राम्रो लाइफको उत्कृष्ट उदाहरण हुन् । डिजेल इन्जिनि कम्प्रेसन टाइपको इग्निसन लगाइएको हुन्छ ।
पेट्रोल कार परफरमेन्सको हिसाबले धेरै राम्रो
परफरमेन्सको हिसाबले पेट्रोल कार धेरै राम्रो रहेको छ । पेट्रोल इन्जिनमा स्पार्क इग्निसन लगाइएको हुन्छ । जसले डिजेल इन्जिनको तुलनामा निकै राम्रो परफरमेन्स दिन्छ । पेट्रोल इन्जिनमा चलेका गाडीले ध्वनि पनि निकै कम निकाल्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago