काठमाण्डौ । भर्खरै सम्पन्न ‘नाडा अटो शो’ले नेपालमा चारपांग्रे गाडीप्रति ग्राहकको उत्साह बढ्दै गइरहेको देखिएको बेला छिमेकी मुलुक भारतमा भने अटोमोबाइल्स कम्पनीहरु मन्दीको चपेटामा परेका छन् । भारतका सहरी क्षेत्रमा कारको व्यापारमा मन्दी आएपछि यतिबेला अटोमोबाइल्स् कम्पनीहरु आफ्ना उत्पादन बेच्न ग्रामीण बजारको सहारा लिने कोसिस गरिरहेका छन् ।
कार खपत बढाउन अटोमोबाइल्स् कम्पनीहरु यतिबेला भारतका ग्रामीण क्षेत्रमा गाडी महोत्सव, आकर्षक फाइनान्सिङ सलुसन र एक्सचेन्ज अफर लिएर ग्राहकलाई लोभ्याउने ध्याउन्नमा लागेका छन् ।
पछिल्लो केही महिनादेखि भारतका सहरी इलकाहरुमा कार बिक्रीमा निकै कमी आएको छ । चालु आर्थिक वर्षको चार महिनामा ग्रामी इलाकामा भारुती सुजुकीको कारहरु बिक्रीमा १६ प्रतिशतले गिरावट आएको छ । यद्यपि ग्रामीण इलाका कारहरु बिक्रीमा आएको कमी ओभरअलमा भने निकै कम हो । किनकि ओभरअलमा पछिल्लो चार महिनामा गत वर्षको तुलनामा २५ प्रतिशतले गिरावट आएको छ ।
मारुती सुजुकीका उत्पादन बिक्रीको ३८ प्रतिशत हिस्सा ग्रामीण इलाकाले ओगटेको छ ।
त्यसैले विगत चार महिनाकोअवधिमा टोयटा किर्लोस्कर मोटरको नन मेट्रो सिटिजको बिक्री सहरी इलाकाभन्दा ग्रामीण इलाका बढी देखिएको छ । ग्रामीण इलाकामा सहरी ग्राहकभन्दा बढीले कार खरिदका लागि बुकिङ बढी गरेको कम्पनीले जनाएको छ ।
हुन्डई मोटर इन्डियाका नेसनल सेल्स हेड विकास जैन पनि पछिल्लो समय सहरी इलाकामा भन्दा ग्रामीण इलाकामा कार बिक्रीको आशा बढी देखिएको छ । पछिल्लो चार महिनामा हुन्डईको ४.७ प्रतिशत कार बिक्रीमा गिरावट आएको छ ।
उता महिन्द्रा एन्ड महिन्द्राको कार बिक्री ग्रामीण र सहरी इलाका लगभग बराबरी देखिएको छ । कम्पनीका मार्केटिङ तथा सेल्स् चिफ विजय नकरा भन्छन्, ‘ग्रामीण इलाकामा कारको सेल्स बढाउन ३ हजारभन्दा बढी अल्टरनेट सेल्स एन्ड सर्भिस च्यानल स्थापना गरिएको छ ।’
ग्रामीण इलाका पछिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा ७ प्रतिशतसम्म कार बिक्रीमा बढोत्तरी आएको नकरा बताउँछन् । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago