काठमाण्डौ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडले खूद नाफा, इपीएस, रिजर्ब लगायत अधिकांश सूचकमा प्रगति भएको अपरिस्कृत ब्यालेन्ससिट सार्वजनिक गरेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा २ करोड ५९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २ करोड २३ लाख नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले ९ करोड ३६ लाख खूद ब्याज आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड १६ लाखमा सीमित थियो । 

यो अवधिमा कालिकाले ५८ करोड ९४ लाख निक्षेप संकलन गरी तथा ४९ करोड ९० लाख सापटी लिएर १ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष ३८ करोड ४९ लाख निक्षेप संकलन गरी तथा ३२ करोड १५ लाख सापटी लिई ७६ करोड ९० लाख कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष ३ करोड ५ लाखमा सीमित संचालन मुनाफा केही बढी ३ करोड ४१ लाखको उचाईमा पुगेको छ भने १.५२ प्रतिशतको रहेको खराब कर्जा बढेर १.६४ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष ५ करोड २७ लाखमा सीमित जगेडाकोष बढेर ५ करोड ७३ लाखको उचाईमा पुगेको छ भने २५.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी समेत केही बढेर २५.९९ रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.०९ गुणा कायम भएको छ ।