काठमाण्डौ । स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र पर्वतको कुश्मा स्थित जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिनका लागि राष्ट्र बैंकमा बुझाएको अन्तिम सम्झौतामा अन्तिम स्वीकृति दिएको छ ।
कालिका लघुवित्त वित्तीय संस्थाले जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने गरी राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
मर्जपश्चात संस्थाको अध्यक्षता साविक जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचनले गर्ने भएका छन् भने पहिलो साधारणसभाबाट अध्यक्षको जिम्मेवारी कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहने भएको नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडका हालका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरालाई दिने सहमति भएको छ ।
अन्तिम सहमति पश्चात एक महिना भित्र एकिकृत कारोवार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
संस्थागत रुपमा कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पूँजी पचास करोड, जारी पूँजी दश करोड असी लाख तथा चुक्ता पूँजी रु. दश करोड असी लाख रहको र जनसेवी लघुवित्तको अधिकृत पूँजी तीस करोड जारी पूँजी चौध करोड त्रिचालीस लाख तीस हजार र चुक्ता पूँजी पनि चौध करोड त्रिचालीस लाख तीस हजार रहेकोमा गाभिए पछि बन्ने संस्थाको कुल अधिकृत पूँजी पचास करोड जारी तथा चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार बराबर हुनेछ ।
दुबै संस्थाको गरी हाल कुल ९६ वटा शाखा कार्यालयमा करिब ४ सय कर्मचारीहरुबाट ५७ हजार ५ सय सक्रिय सदस्यहरुलाई सेवा दिइरहेका छन् भने ३१ हजार ऋणी सदस्यहरु रहेका छन् । दुबै संस्थाले सदस्यहरुबाट ९८ करोड ५३ लाख बचत संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट १ अर्ब २० करोड कर्जा लिई कुल २ अर्ब ४८ करोड रुपैंया सदस्यहरुलाई लगानी गरिरहेको छ ।
हाल दुबै संस्थाले २६ वटा जिल्ला मार्फत सेवा पुर्याइरहेकोमा यसै आर्थिक वर्ष भित्रमा लघुवित्त सेवाको पहुँच नपुगेका जिल्लाहरुमा थप ३० वटा शाखा विस्तागरि सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी दिए ।
विकास गौचन सहित मर्जर पश्चातको सञ्चालक समितिमा कृष्ण खाँण, मेघनाथ सुवेदी, सन्तोष श्रेष्ठ, शान्ता कुमारी उप्रेती, विश्वराज नेपाल र स्वतन्त्र तथा विशेषज्ञ सञ्चालकमा सि.ए. अनुराग वाग्ले रहने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago