काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

यो कम्पनीको मंसिर १९ गते दिउँसो ३ बजे बसेको १६२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।