काठमाण्डौ । सिद्घार्थ बैंकले नवलपरासीको कावासोतीमा जेष्ठ १२ गते, शुक्रवारका दिन एक विशेष समारोहका बीच आप्mनो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । 

सो शाखाको उद्घाटन बैंकका संचालक महेशप्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा गरेका थिए । बैंकले सो शाखा कार्यालयमार्फत सम्पूूर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी दिएको छ । 

बैंकले हालै चितवनको टाँडीमा रहेका आफ्नो शाखा कार्यालयको पनि औपचारिक उद्घाटन गरेको थियो ।

बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंक रु. ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोही अवधीमा बैंकको कुल निक्षेप रु. ७५ अर्ब २७ करोड र कर्जा लगानी रु. ६६ अर्ब २६ करोड रहेको छ ।