काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोतीमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

कावासोती नगरपालिका वडानम्बर ८ मा स्थापित शाखा कार्यालयको बिहीबार एक कार्यक्रमका बीच नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरेकी बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

कार्यक्रमकै क्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका थिए । उनले महालक्ष्मी विकास बैंक लिमीेडले ग्राहकको हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयनअन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी समेत दिएका थिए । 

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।