काठमाण्डौ । काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १० करोड १७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर १५ करोड ७२ लाखको उचाईमा पुुगेको हो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ समेत राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा १२ करोड २२ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर १७ करोड ९३ लाख रुपैयाँ पुुगेको छ । 

यो अवधिमा बैंकले ७ अर्ब ८३ करोड निक्षेप संकलन गरी ६ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५ अर्ब ८५ करोड निक्षेप संकलन गरी ४ अर्ब ५८ करोड कर्जा प्रवाह गरेको थियो । 

काष्ठमण्डप डेभलपमेन्ट बैंकको प्रति सेयर आम्दानी भनेको घटेर २९ रुपैयाँ ९२ पैसामा झरेको छ । यो बैंकले हालै २३ प्रतिशत बोनस सेयर र २५ प्रतिशत हकप्रद सेयर वितरण गरेको थियो । यही कारण पनि यो बैंकको प्रतिसेयर आम्दानी घटेको हो । 

कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको यो बैंकको अघिल्लो वर्ष यही अवधिमा प्रति सेयर आम्दानी ४६ रुपैयाँ २४ पैसा रहेको थियो । 

बैंकको प्रति सेयर नेटवर्थ १२४ रुपैयाँ ३७ पैसा रहेको छ । दोश्रो त्रैमाससम्म बैंकको चुक्तापूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ करोड ९५ लाख रुपैयाँ छ ।