काठमाण्डौ। विश्वका सबैभन्दा धनी एलन मस्कले गत वर्ष नोभेम्बरमा आफ्नो इलेक्ट्रिक कार कम्पनी टेस्लाको कुल ५० लाख ४४ कित्ता सेयर दान गरेका थिए। मस्कले नोभेम्बर १९ र २९ को बीचमा यो दान गरेका हुन्। टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी हो। त्यतिबेला कम्पनीको सेयरमूल्य अनुसार उक्त दान गरेको सेयरको कुल मूल्य ५.७४ अर्ब डलर हुन्छ।
रोयटर्सका अनुसार टेस्लाले अमेरिकी धितोपत्र तथा विनिमय आयोगलाई यो जानकारी दिएको छ। तर, मस्कले कुन संस्थालाई यो चन्दा दिएको भन्ने खुलासा गरिएका छैनन्। उनले गत वर्षको अन्त्यमा १६.४ अर्ब डलरको सेयर बेचेका थिए। यसका लागि उनले ट्विटरमा पोल पनि गरेका थिए र आफ्ना फलोअर्सलाई टेस्लाको १० प्रतिशत सेयर बेच्ने कि नगर्ने भनेर सोधेका थिए। उनले यो मतदानको नतिजा जस्तोसुकै भए पनि सेयर बेच्नुपर्ने बताए।
मस्कले गत वर्ष भनेका थिए कि उनले २०२१ मा ११ अर्ब डलरभन्दा बढी कर तिर्नुपर्नेछ। यदि मस्कले टेस्लाको सेयर उपहार दिएमा उसले यसबाट कर लाभ लिन सक्ने विज्ञहरु बताउँछन्। किनकि परोपकारी संस्थाहरुलाई दिइने दानहरु पुँजीगत लाभ करको अधीनमा पर्दैनन्।
मस्कले सन् २००१ मा मस्क फाउन्डेसन स्थापना गरेका थिए। जसको सम्पत्ति २० करोड डलरभन्दा बढी छ।
मस्क विश्वकै धनी व्यक्ति हुन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति २२७ अर्ब डलर रहेको छ।–एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19