Profit Fall
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काष्ठमण्डप डेभलपमेन्ट बैंकको खूद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुम्चिएको छ ।
यो बैंकले ५ करोड ३ लाख खूद नाफा आर्जन गरेको हो, जबकि अघिल्लो आबमा खूद नाफा ११ करोड ५१ लाखको उचाईमा थियो । यो हिसाबले बैंकको खूद नाफा ५६.२७ प्रतिशतले घट्न पुगेको हो ।
यो बैंकले चालु आबको पहिलो त्रैमासमा ७ अर्ब १९ करोड निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ५ अर्ब ४९ करोड निक्षेप संकलन भएको थियो ।
यस्तै, अघिल्लो वर्ष ४ अर्ब १५ करोड कर्जा प्रवाह गरेको बैंकले यो वर्ष ६ अर्ब १ करोड प्रवाह गरेको छ ।
यो बैंकको खूद ब्याज आम्दानी ८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष खूद ब्याज आम्दानी ६ करोड २ लाख रुपैयाँ थियो ।
काष्ठमण्डप डेभलपमेन्ट बैंकको चुक्तापूँजी ६७ करोड ९८ लाख रुपैयाँ र जगेडा कोषमा ५१ करोड २८ लाख रुपैयाँ रहेको छ । यो बैंकले निस्क्रिय कर्जा दरलाई भने घटाएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ३.८८ प्रतिशत रहेको एनपीएल ०.९८ प्रतिशतमा झरेको हो ।
यो विकास बैंकको प्रति सेयर आम्दानी २९.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.८८ गुणा कायम भएको छ ।
कुमारी बैंकले काष्ठमण्डपसहितका चार बैंकलाई आफू गाभ्ने केही साताअघि सम्झौता गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago