काठमाण्डौ । खूद नाफातर्फ ४०.३७ प्रतिशतको वृद्धि हासिल गरे पनि मुक्तिनाथ विकास बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । 

चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकको प्रतिसेयर आम्दानी घटेको हो । 

बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १५ करोड ९० लाख खूद नाफा आर्जन गरेकोमा यो वर्ष बढेर २२ करोड ३२ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यही अवधिमा ३० करोड ८७ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी वृद्धि भई ४६ करोड ३ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले १४ अर्ब ५८ करोड निक्षेप संकलन गरी १३ अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ९ अर्ब २३ करोड निक्षेप संकलन गरी ७ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्षको पहिलो ६ महिनामा ०.२६ प्रतिशत रहेको निस्क्रिय कर्जा दर घटेर ०.१८ प्रतिशतमा झरेको छ । 

मुक्तिनाथको प्रति सेयर आम्दानी २९ रुपैयाँ १५ पैसा, प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा तथा मूल्य आम्दानी अनुपात २६.८६ गुणा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९३ पैसा रहेको थियो । बैंकले आफ्ना सेयरधनीलाई वितरण गरेको ३४ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद पूँजीकरण भएपछि प्रतिसेयर आम्दानी घटेको हो । 

यो बैंकको चुक्तापूँजी १ अर्ब ५३ करोड र जगेडा कोषमा ८३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।