काठमाण्डौ । एनआइबिएल क्यापिटल लिमीटेडको व्यवस्थापन र नेपाल इन्भेष्टमेन्ट बैंकको कोष प्रवद्र्धनमा संचालित ‘एनआइबिएल समृद्धि फण्ड १’ को प्रति इकाई खूद मूल्य(एनएभी–नेट एसेट भ्यालू) घटेको छ । 

जेठ मसान्तसम्म १५ रुपैयाँ ११ पैसा रहेको प्रति इकाई खूद मूल्य घटेर असार मसान्तसम्म १४ रुपैयाँ ९४ पैसा कायम भएको हो । 

असार मसान्तसम्म यो स्किमले सूचिकृत धितोपत्रमा १ अर्ब ७ करोड लगानी गरेको छ । मुद्धती निक्षेपमा १० करोड लगानी गरेको यो स्किमले ऋणपत्र तथा बन्डमा ३ करोड ३० लाख लगानी गरेको छ । सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ४ करोड ७९ लाख लगानी रहेको छ । यसरी कुल लगानी १ अर्ब २५ करोड ६८ लाख रहेको छ । कुल ८३ कम्पनीको सेयरमा यसको लगानी छ । 

यो अवधिसम्म स्किमले ६ करोड ५१ लख कुल आय गरेको छ । 

यो स्किमले सबैभन्दा धेरै सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम १ को १५ लाख ६४ हजार इकाई खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी एशियन लाइफ इन्स्योरेन्समा रहेको छ, जहाँ यो स्किमले ४ करोड बढी लगानी गरेको छ ।