काठमाण्डौ । घट्दो आर्थिक वृद्धि र बढ्दो जोखिमका कारण लगानीकर्ता टाढिँदा पाउन्ड स्ट्रेलिङ ‘उदयीमान बजार मुद्रा’ बन्ने खतरा बढेको छ।
मंगलबारको साँझसम्म पाउन्ड स्ट्रलिङको मूल्य डलरको तुलनामा ७ प्रतिशतले घटेको छ। अहिले १ पाउन्ड बराबर १.२६ डलर छ। जुन मे महिनाको सुरुआतमा १.२२ डलर थियो।
युक्रेन युद्धको विश्वव्यापी आर्थिक चुनौती, मुद्रास्फीति, आपूर्ति शृंखलामा देखिएका अवरोध, सुस्त वृद्धि र ब्रेक्जिटबाट उत्पन्न जोखिमका कारण मुद्राको विरुद्धमा सर्ट पोजिसन (घट्ने पूर्वानुमान गरी टाढिनु) बढिरहेको छ।
विश्लेषकहरुले यो वर्ष पाउन्ड थप कमजोर बन्ने बताएका छन्। मार्च महिनामा बेलायतको अर्थतन्त्र ०.१ प्रतिशतले खुम्चिएको छ र अर्थशास्त्रीहरुले यो संकुचन अझै बढ्ने अनुमान गरेको छन्। खाद्यान्न र इन्धनको मूल्य वृद्धिका कारण बेलायतको मुद्रास्फीति दर अप्रिल महिनामा ९ प्रतिशत पुगेको छ।
यस्तै विदेशी लगानीकर्ताले ठूलो मात्रामा स्टक होल्ड गरेका कारण बेलायतको नेट इन्टरनेसनल इन्भेस्टमेन्ट पोजिसन (एनआईआईपी) खस्किएको विश्लेषकहरुले बताएका छन्। एनआईआईपीले गैरनिवासीहरुमा बेलायत स्वामित्वको सम्पति दाबीहरु र बेलायतमा विदेशी स्वामित्वको दाबीहरुबीचको भिन्नतालाई मापन गर्छ।
यसका दुईवटा जोखिमहरु छन्। एउटा भनेको विदेशी लगानीकर्ताहरुले बेलायतको अर्थतन्त्र खस्किँदै गएको विश्वासमा बेलायतको एसेस्ट्स पोर्टफोलियको हिस्सा फिर्ता गर्नेछन् वा बेलायतको एसेस्ट्सको विदेशी होल्डिङको ठूलो स्टकले प्राथमिक आय सन्तुलन प्रभावित पार्नेछन्।
मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न बैंक अफ इंग्ल्यान्डले ब्याजदरको वृद्धिलाई जारी राख्ने अनुमान गरिएको छ। लगातार चौथोपटक ब्याजदर वृद्धि गर्ने क्रममा बैंक अफ इंग्ल्यान्डले गत मे महिनामा १ प्रतिशतले ब्याजदर वृद्धि गरेको थियो।
रुस–युक्रेन युद्ध र चीनमा जारी लकडाउनका कारण बैंकले यो वर्ष बेलायतको मुद्रास्फीति १० प्रतिशतमाथि पुग्ने अनुमान गरिएको छ। –एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19