काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धनमा संचालित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी)मा गिरावट आएको छ । 

यो क्यापिटलले संचालन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ कै प्रति इकाई एनएभी घटेको हो । 

शुक्रबार प्रकाशित बित्तीय विवरण अनुसार सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको प्रति इकाई एनएभी घटेको छ । बैशाख मसान्तसम्म प्रति इकाई एनएभी १५ रुपैयाँ ४१ पैसा रहेकोमा जेठ मसान्तसम्म घटेर १५ रुपैयाँ ५ पैसा कायम भएको हो । 

कुल १ सय करोडबाट सुरु भएको यो स्किमले जेठ मसान्तसम्म ९८ सूचिकृत कम्पनीको सेयरमा ९२ करोड १५ लाख लगानी गरेको छ । यस्तै, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १९ करोड ५ लाख लगानी गरेको छ । 

बैशाख मसान्तसम्म १४ करोड २२ लाख खूद घाटामा रहेको यो स्किमको जेठ मसान्तसम्म घाटा बढेर १७ करोड ८५ लाख पुुगेको छ । 

यो स्किमले सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को २९ लाख ७० हजार इकाई खरीद गरेको छ । 

यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी) पनि घटेको छ । बैशाख मसान्तसम्म २७ रुपैयाँ २८ पैसा रहेको एनएभी घटेर २६ रुपैयाँ ५७ पैसा कायम भएको हो । 

कुल ५० करोड रुपैयाँबाट सुरु भएको यो स्किमले जेठ मसान्तसम्म ८३ सूचिकृत कम्पनीको सेयरमा ८४ करोड ९९ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १० करोड ३० लाख लगानी गरेको छ । 

बैशाख मसान्तसम्म १५ करोड ३६ लाखमा सीमित घाटा जेठमा आउँदा बढेर १८ करोड ८९ लाखको उचाईमा पुुगेको छ । 

यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको ४६ हजार २ सय ८७ कित्ता सेयर खरीद गरेको छ ।