काठमाण्डौ । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।

कम्पनीले २९ प्रतिशत बोनस सेयर र त्यसका लागि आवश्यक करसहित गरी कुल ३०.५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणमा देखाइएको सञ्चित मुनाफाबाट हालको चुक्तापूँजी ४ करोड ८० लाखको २९ प्रतिशत बराबरको बोनस सेयर वितरणको निर्णय गरेको हो । 

बोनस सेयरको कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश समेत उपलब्ध गराउने बोर्डको निर्णय छ । 

नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि यो निर्णय कार्यान्वयनमा आउनेछ ।