काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ का लागि बम्पर लाभांश प्रस्ताव गरेको किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो सातौ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस १६ गते कैलालीको लम्कीचुहास्थित होल शान्तिमा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल २५.१४ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी २१ करोड ३२ लाख १७ हजार ५५० रुपैयाँको २४ प्रतिशतले हुन आउने २ करोड ६ लाख ४२ हजार २८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि १ं१४ प्रतिशतले हुन आउने ९ लाख ८२ हजार ९६६ रुपैयाँबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी संस्थाको बोसन सेयरपश्चातको चुक्ता पुँजी रु १० करोड ६६ लाख ८ हजार ७७५ रुपैयाँको सतप्रतिशत (१ः१) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनाका लागि संस्थाले यही पुस १५ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।